काठमाण्डौ १७, जेठ ।। प्रधानमन्त्री समेत रहनु भएका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फेरि अर्को राजनीतिक झड्का लागेको छ । लुम्बिनी प्रदेशबाट रिक्त राष्ट्रिय सभा सदस्यको लागि आज भएको उपनिर्वाचनमा विपक्षी गठबन्धनवाट उम्मेदवार बिजयी भएपछि ओलीलाई दोस्रो राजनीतिक झड्का लागेको हो ।
लुम्बिनी प्रदेशबाट रिक्त राष्ट्रिय सभा सदस्यमा नेपाली काङ्ग्रेसका दृगनारायण पाण्डे विजयी हुनुभयो । निर्वाचनमा पाण्डेले ४,१४० मतभार प्राप्त गर्नुभयो भने एमालेबाट उमेद्वार बन्नु भएका उहाँका प्रितिद्वन्द्वी नेकपा एमालेका चन्द्रबहादुर खड्काले ३,६१२ मतभार प्रात्त गरि हार व्यर्होन बाध्य हुनुभएको हो ।
बाग्मती प्रदेशबाट खाली भएको राष्ट्रिय सभा सदस्यमा पनि एमालेबाट उमेद्वार बन्नु भएका रामबहादुर थापा (बादल)ले पराजय व्यर्होनु परेको छ ।