Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

चीनमा अब एक दम्पतीले ३ जनासम्म सन्तान जन्माउन पाउने


3.1K
Shares

चीनमा अब एक दम्पतीले ३ जनासम्म सन्तान जन्माउन पाउने

काठमाण्डौं १७, जेठ । चीन सरकारले दुई सन्तानको निती खारेज गरेको छ । चीनको जनसंख्या वृद्धिदर कम हुँदै गएपछि सरकारले दुई सन्तानको निती खारेज गरेको हो । अबदेखि चीनमा दम्पत्तिले तीन सन्तान जन्माउन पाउने भएका छन् । अनुसार चीनको कम्युनिस्ट पार्टीको पोलिट ब्यूरोले तीन सन्तानको निती पारित गरेको हो ।

सरकारको यस नीतिलाई राष्ट्रपति शी चिनफिङ्गले अनुमति दिनुभएको छ । चीनमा सन् २०१० देखि २०२० सम्म जनसंख्या वृद्धिदर शून्य दशमलव ५३ देखि शून्य दशमलव ५७ प्रतिशतमा झरेको छ । एक अध्ययनका अनुसार दुई दशकमा चीनको जनसंख्या बढ्ने दरमा कमी आउन थालेपछि चीन सरकारले तीन सन्तानको नीति लिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology