Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

रोकिएको एसईई यसरी गर्ने सरकारको तयारी


3.3K
Shares

रोकिएको एसईई यसरी गर्ने सरकारको तयारी

काठमाण्डौ  १७, जेठ । शिक्षा मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) आन्तरिक मूल्याङ्कन विधि अनुसार गराउने प्रस्ताव मन्त्रीपरिषदमा लैजाने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रालयको बैठकले एसईई परीक्षाको आन्तरिक मूल्याङ्कन विधि अनुसार गराउने प्रस्ताव मन्त्रीपरिषदमा पठाउने निर्णय गरेको मन्त्रालयका प्रवक्ता दिपक शर्माले जानकारी दिनुभयो ।

उहाँले मन्त्रालयको बैठकले आन्तरिक मूल्याङ्कन विधि अर्थात् गत वर्षकै विधि अनुरुप गराउने प्रस्ताव मन्त्रीपरिषदलाई पठाउने निर्णय गरिएको बताउनुभयो । गत वर्ष पनि कोरोना महामारीका कारण विद्यालयको प्रधानाध्यापक, कक्षा शिक्षक र अनुभवी शिक्षक गरी तीन सदस्यीय मूल्याङ्कन समिति गठन गरी पहिलो त्रैमासिक अवधिको मूल्याङ्कन १० प्रतिशत, दोस्रो त्रैमासिक अवधिको मूल्याङ्कन ३० प्रतिशत र शैक्षिक सत्रको अन्त्य सम्ममा निर्धारित सबै विषयवस्तु मूल्याङ्कन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology