Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

८ मन्त्री र २ राज्यमन्त्री सहित सरकारमा जाने राजपाको तयारी


4.8K
Shares

८ मन्त्री र २ राज्यमन्त्री सहित सरकारमा जाने राजपाको तयारी

काठमाण्डौं १७ जेठ । जनता समाजदबादी पार्टी ओली नेतृत्वको सरकारमा ८ मन्त्री र २ राज्यमन्त्री लिएर जाने तयारी गरेको छ । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसंग राजपाका अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतो र लक्ष्मणलाला कर्ण लगायतको भेटबार्तामा सरकारमा जाने बिषयमा छलफल गरेका हुन् ।

छलफलमा प्रधानमन्त्री ओलीले सरकारमा आउन आग्रह गर्नुभएको र आफुहरुले पार्टीमा छलफल गरेर थप कुरा गर्ने जबाफ दिएको भेटबार्तामा सहभागी राजपाका एक नेताले बताए । ति नेताका अनुसार ८ मन्त्री र २ राज्यमन्त्री लिएर सरकार जाने बिषयमा लगभग राजपा निस्कर्षमा पुगेको छ ।

मधेस आन्दोलन र थरुहट आन्दोलनमा सहभागी नेता कार्यकर्तामाथि लागेका केही मुद्दा फिर्ता लिने प्रविधिक काम पूरा भएपछि सरकारमा सहभागीताबारे निर्णय लिने राजपाले तयारी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology