Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

डा. भट्टराईको कडा टिप्पणी : एमालेले गोरखामा उमेद्वार नउठाउदै नै खोजेको हो ?


3.2K
Shares

डा. भट्टराईको कडा टिप्पणी : एमालेले गोरखामा उमेद्वार नउठाउदै नै खोजेको हो ?

काठमाण्डौं १६, जेठ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सरकारले ल्याएको बजेट सिधासाधा मतदातालाई ललिपप बाँडेजस्तो मात्र भएको टिप्पणी गर्नुभएको छ । बजेट सार्वजनिक भएपछि ट्विट मार्फत  जनता समाजावदी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष समेत रहनु भएका डा भट्टराईले अर्थमन्त्रीले प्रस्तुत गर्नुभएको बजेट र नहुने चुनावको एमालेको घोषणापत्रमा कुनै संरचनात्मक परिवर्तनको छनक नपाइएको तर्क गर्नुभयो ।

डा. भट्टराईले सरकारले घोषणा गरेको बजेटमा गोरखा जिल्लाका महत्वपूर्ण आयोजना तथा राष्ट्यि गौरवको आयोजनालाई समेत सम्बोधन नगरेको तर्फ लक्षित गर्दै एमालेले गोरखामा कुनै उमेद्वार नउठाउने बुझिएको कडा टिप्पणी समेत गर्नुभएको छ । डा. भट्टराईले ट्विटमा लेख्नुभएको छ । ‘पपुलिज्ममा पनि खासै सिर्जनात्मकता देखिएन। उनै घिसेपिटेका नारा र कार्यक्रम भेटियो। एउटै नयाँ कुरा एमालेले गोरखामा कुनै उमेदवार नउठाउने बुझियो ।’

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology