Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

विद्यार्थीलाई ल्यापटप किन्न ८० हजार , एउटा सिम कार्ड सित्तैमा दिने घोषणा


2.7K
Shares

विद्यार्थीलाई ल्यापटप किन्न ८० हजार , एउटा सिम कार्ड सित्तैमा दिने घोषणा

काठमाण्डौं १५, जेठ । सरकारले १६ बर्ष माथिका बिधार्थीहरुलाई ल्यापटप किन्न ८० हजार रुपैया सहुलियत ऋण दिने भएको छ । आज सार्वजनिक गरिएको आगामी आर्थिक बर्ष २०७८/७९ का लागि बजेट कार्यक्रम मार्फत अर्थमन्त्री बिष्णु पौडेलले यस्तो घोषणा गर्नुभएको हो ।

अर्थमन्त्री पौडेलले सार्वजनिक विद्यालय वा सो भन्दा माथिल्लो तहमा अध्ययन गर्ने विद्यार्थीलाई एक थान ल्यापटप किन्न १ प्रतिशत ब्याजदरमा रु ८० हजार उपलब्ध गराउने घोषणा गर्नुभयो ।

बैकल्पिक सिकाइका लागि ल्याइएको यस्तो ऋण रकम २ बर्षभित्र तिर्नुपर्नेछ । यस्तै १६ बर्ष भन्दा माथिका विद्यार्थीलाई एकथान सिमकार्ड निःशुल्क उपलब्ध गराइने अर्थमन्त्रीले घोषणा गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology