काठमाण्डौं १२, जेठ । केही समय अघि मात्र ओली समुहमा गएको भन्ने चर्चा चलेको एमाले नेता योगेश भट्टराई केपी ओली समूहतिर फर्किएका छन् । माधव नेपाल समूहले बुधबार जारी गरेको विज्ञप्तिमा योगेशको उल्लेख भएपछि उनी माधव खेमामा फर्केको पुष्टी भएको हो ।
नेपाल पक्षमा १५ स्थायी समिति सदस्यले केपी ओलीको कार्यशैलीको विरोध गर्दै निकालेको विज्ञप्तिमा भट्टराईको पनि नाम समावेश भएको हो । यसअघि ओलीको विकल्पमा काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रयोजनका लागि भट्टराईले हस्ताक्षर नगरेपछि उनी ओली समूहतिर लागेको टिकाटिप्पणी हुन थालेको थियो ।
उसो त देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नगर्ने गोकर्ण विष्टको पनि विज्ञप्ति जारी गर्ने १५ जनाको सूचीमा नाम छ ।