Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन


3.5K
Shares

गोरखामा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

गोरखा ११, जेठ । गोरखा जसपा निकट बिधार्थी संगठनले मंगलबार राष्ट्रपति बिद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीले संसद बिघटन गरेको बिरोधमा समाजबादी बिद्यार्थी यूनियनको नेतृत्वमा सदरमुकामको लोकतान्त्रिक चोकमा पुत्ला दहन गरिएको हो ।

सदरमुकाम स्थित जसपाको कार्यालयबाट निकालिएको पुत्ला लोकतान्त्रिक चोकमा पुत्ला दहन गरिएको हो । निषेधाज्ञाका कारण ५÷७ जनाको समुहमा आएका बिधार्थीहरुले राष्ट्रपति बिद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली मुर्दाबार, असंवैधानिक कमद खारेज गर लगायतका नारा समेत लगाएका थिए ।

पुत्ला दहनका लागि बिधार्थीहरु सडकमा आएपछि प्रहरीले हस्तक्षेप गरेको थियो । थोरै संख्यामा रहेको प्रहरीले नियन्त्रणमा लिन नसकेपछि थप फोर्स मगाएर पुत्ला निभाइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology