Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

ओलीको निर्णयले हाम्रो रौंसमेत हल्लिएन : नेता झलनाथ खनाल


1.7K
Shares

ओलीको निर्णयले हाम्रो रौंसमेत हल्लिएन : नेता झलनाथ खनाल

काठमाडौं १०, जेठ । पूर्वप्रधानमन्त्री एवंम नेकपा एमालेका नेता झलनाथ खनालले केपी शर्मा ओलीले आफुहरुलाई कारवाही गरेपनि आफुहरुको रौं समेत नहल्लिने बताउनु भएको छ ।

ओली पक्षिय नेकपा एमाले स्थायी कमिटी बैठकले आफ्ना ११ जना नेतालाई कारबाही गरेपछि पूर्वप्रधानमन्त्री झलनाथ खनालले केपी ओलीप्रति यस्तो कडा अभिव्यक्ति दिनुभयो ।

उहाँले पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूहरूलाई गरेको कारबाहीले केही फरक नपर्ने टिप्पणी बताउनुभयो । एमाले स्थायी कमिटी बैठकको निर्णयलगत्तै नेता खनालले केपी शर्मा ओलीको कारबाहीले आफूहरुको रौं पनि नहल्लिने टिप्पणी गर्नुभएको हो ।

आफ्ना साथीलाई यसरी कारबाही गरेका छन्, ओलीको हिटलर, निरंकुश, निर्मम र क्रूरतापूर्ण काम हो, उहाँले भन्नुभयो, म एक महिनादेखि बिरामी भएर बसेको मान्छेको रौंसमेत हल्लिएको छैन।ओलीले मान्छेका लासमाथि शासन गरेको नेता खनालले आरोप समेत लगाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology