Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

शक्तिशाली चक्रवातको असर नेपालमा भोलिदेखि पर्ने, सर्तक रहन आग्रह


2.5K
Shares

शक्तिशाली चक्रवातको असर नेपालमा भोलिदेखि पर्ने, सर्तक रहन आग्रह

काठमाण्डौं १०, जेठ । बंगालको खाडीमा अत्यन्तै शक्तिशाली चक्रवात बन्दै गरेको र त्यसको असर नेपालमा पनि देखिने भएकोले मौषमबिद्ले आम नागरिकलाई सजग रहन आग्रह गरेका छन् ।

उत्त चक्रवातलाई भारतीय मौसमविद्ले यास नामकरण गरेका छन् । भारतमा यासको असर धेरै नै पर्ने भएकाले क्षति कम गर्न व्यापक तयारी भइरहेको भारतीय सञ्चारमामाध्यमले जनाएका छन् ।

नेपालमा भने त्यसको असर मंगलबार देखी देखा पर्ने सम्भावना औंल्याउँदै मौसम पूर्वानुमान महाशाखाले विशेष मौसम बुलेटिन जारी गर्दै सजगता अपनाउन र बढी नै सर्तक रहन भनेको छ । महाशाखाका अनुसार आउदो बुधबारदेखि नेपालमा पनि भारी वर्षा सुरु हुने सम्भावना रेहेको जनाएको छ ।

माहाशाखाले मंगलबारदेखि नै हिमाली क्षेत्रमा पर्वतारोहण बन्द गर्न समेत आग्रह गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology