Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

नेको इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?


1.8K
Shares

नेको इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाण्डौं १०, जेठ । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ। कम्पनी आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीको शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १५.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.८२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले ३५ करोड ९ लाख २२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । चुक्ता पूँजी एक अर्ब ३१ करोड ७४ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ६८ करोड २३ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ३५ रुपैयाँ ५२ पैसा र प्रतिसेयर नेटवर्थ २३५ रुपैयाँ ५९ पैसा छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology