Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

प्रतिगमन दोहोरोएिको एमाले गोरखा नेपाल खनाल पक्षको ठहर


3.5K
Shares

प्रतिगमन दोहोरोएिको एमाले गोरखा नेपाल खनाल पक्षको ठहर

गोरखा ९, जेठ । नेकपा एमाले गोरखा नेपाल-खनाल पक्षले जनताको चाहाना बिपरित प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद बिघटन गर्नु असंबैधानिक कदम भएको ठहर गरेको छ । नेकपा एमाले गोरखा नेपाल-खनाल पक्षका अध्यक्ष यादव बस्नेतद्धारा आइतबार हस्ताक्षरित बिज्ञप्तिमा राष्ट्रपतिले संसद बिघटन गर्दै मध्याबधी निर्वाचनको घोषणाा गर्नुले देशमा प्रतिगमन दोहोरिएको उल्लेख गरिएको छ ।

बिज्ञप्तिमा राष्ट्रपति र प्रधानमन्त्रीबाट भएको असंवैधानिक कदम प्रति घोर निन्दा र भत्सर्ना गर्दै उक्त कदम तत्काल सच्याउन माग गरिएको छ । शुक्रबार मध्यरातमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संबिधान अपदस्त गर्दै संसद बिघटन गरि संबैधानिक कु गरेको भन्दै बिज्ञप्तिमा कोरोनाबाट आक्रान्त बनेका नागरिकहरु अस्पतालमा बेड, अक्सिजन र औषधी नपाएर छटपटाई रहेका बेला जनताको पिडामा मलमपट्टी लगाउनु पर्ने बेलामा जनताको आँशुमा होली खेलेको आरोप लगाइएको छ ।

अध्यक्ष बस्नेतद्धारा जारी बिज्ञप्तिमा प्रतिगमनका बिरुद्ध एकहुन सवै गोरखा जिल्लाबासी नागरिक समाज, राजनीतिक दल र सर्वसाधारण जनतालाई अपिल गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology