गोरखा ९, जेठ । गोरखामा ओली निकट बाहेकका सबै विद्यार्थी संगठनहरू प्रतिगमनको विरोधमा संयुक्त रूपमा सडकमा उत्रने भएका छन । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मध्यरातमा दोस्रो पटक संसद विघटन गरि सार्वभौम जनता माथिको अधिनायकवाद र संविधानको चिरहरण भएको भन्दै बिज्ञप्ति मार्फत संर्घषमा उत्रने बताएका हुन् । अखिल क्रान्तिकारी, समाजवादी विद्यार्थी यूनियन, अनेरास्ववियु र नेबिसंघ गोरखाले आज संयुक्त बिज्ञप्ति जारी गर्दै संसद विघटनको घोर निन्दा र भत्र्सना गरेका छन् ।
संसदको विघटनले संविधानमाथि प्रहार भएको भएको गर्दै संयुक्त बिज्ञप्तिमा सरकार निरंकुश, अधिनायकवादी र स्वेच्छाचारी बनेको उल्लेख गरिएको छ । केपी ओलीको सरकार देश र जनताप्रति लगातार घात गर्दै आफ्ना संवैधानिक तथा कानूनी जिम्मेवारीबाट पतन भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले संसदीय मूल्य मान्यता, र परम्परालाई तिलाञ्जली दिदै राष्ट्रपतिसंगको मिलेमतोमा संसदको विघटन गरेको आरोप लगाइएको छ ।
पटक पटकको संसद बिघटनले वर्तमान सरकार असफल भइसकेको प्रमाणित भएको बिधार्थी संगठनहरुले बिज्ञप्तिमा उल्लेख गरेका छन् । बिज्ञप्तिमा सरकारले कोरोना भाइरस नियन्त्रणमा ध्यान नदिएको कारण अस्पतालमा बेड अभवा, अक्सिजन तथा औषधीको हाहाकार मच्चिरहेको बेला मध्यावधि निर्वाचनको घोषणा गर्नु देश र जनताप्रति गैरजिम्मेवारीको पराकाष्ठा भएको उल्लेख गरिएको गरिएको छ ।
सरकारले जनताको स्वास्थ्यमाथिको गम्भीर खेलबाड र अपराध गरेको ठहर गर्दै बिज्ञप्ति मार्फत बिधार्थी संगठनहरुले जनतामाथि गरिएको खेलबाड, स्वास्थ्य अपराध र संसदको विघटनका विरुद्ध एक भएर सर्घषमा उत्रने बिधार्थी सगठनले घोषणा गरेका छन् । बिज्ञप्तिमा नेबिसंघ गोरखाका उपाध्यक्ष शिवहरि तिमल्सिना, अखिल क्रान्तिकारी गोरखाका संयोजक सन्जिव थापा मगर , समाजवादी विद्यार्थी यूनियन गोरखाका अध्यक्ष मिलन न्यौपाने , अनेरास्ववियु गोरखाका अध्यक्ष सचिन भट्टराईले हस्ताक्षर गरेका छन् ।