Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिरमा नेविंघका नेताले गोबर छ्याप्नेपछि….


1.7K
Shares

राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिरमा नेविंघका नेताले गोबर छ्याप्नेपछि….

काठमाण्डौं ९, जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीको र राष्ट्रपति विद्यादेवी भण्डारीको तस्विरमा गोबर छ्यापेपछि प्रहरी नेबिंसघका २ जना नेतालाई पक्राउ गरेको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा बिघटन गरेको बिरोधमा नेबिसंघका कार्यकर्ताले तस्विरमा गोबर छ्यापेका हुन् ।

पक्राउ पर्नेमा गोबर छ्याप्ने नेपाल विद्यार्थी संघका नेता नवराज त्रिपाठी रहेको प्रहरीले जनाएको छ । कोरोना महामारीको बेला राष्ट्रपति र प्रधानमन्त्रीले थप संकटलाई निम्तो दिएका भन्दै सडक संघर्षमा आउन बाध्य भएको नेपाल विद्यार्थी संघले जनाएको छ । नेपाल विद्यार्थी संघले आज पक्राउ परेका त्रिपाठीलाई यथाशीघ्र विनाशर्त रिहाइको जोडदार माग समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology