Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

बिप्वलले भने : मध्याबधी निर्वाचन होइन,अब जनमत संग्रहमा जाऔं


4.1K
Shares

बिप्वलले भने : मध्याबधी निर्वाचन होइन,अब जनमत संग्रहमा जाऔं

काठमाण्डौं ८, जेठ । नेत्रबिक्रम चन्द (बिप्लव) नेतृत्वको नेपाल कम्युुनिष्ट पार्टीले संसदिय व्यवस्था असफल भइसकेकाले अब जनमत संग्रहमा जानुपर्ने बताएको छ । पार्टीका महासचिव नेत्रबिक्रम चन्द (बिप्वल)ले शनिबार एक बिज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीले संसद बिघटन गरि मध्याबधी निर्वाचनको घोषणा गर्नुभएपछि यस्तो धारणा सार्वजनिक गरेको हो ।

बिज्ञप्तिमा २०७३ सालदेखि नै दलाल, पुँजीबादी सत्ता र संसदिय व्यवस्था नेपाल जनताको चाहाना र आबश्यकतासंग मेल खादैन भन्दै आएको भन्दै आफ्नो पार्टीको निस्कर्ष अहिले सहि सावित भएको उल्लेख छ ।

त्यस्तै बिज्ञप्तिमा शान्ति, स्थिरता र सम्बृद्धिको नारा सहित चुनावमा गएर दुई तिहाईको मत सहित बनेको ओली नेतृत्वको सरकार असफल हुनुमा कुनै व्यक्ति पार्टी र सरकारको मात्र समस्या नभएर संसदिय व्यवस्थाको समस्या भएको उल्लेख गरिएको छ । यस्तो छ बिज्ञप्तिको पूर्णपाठ हेर्नुहोस् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology