Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

फेरि संसद भंग गरेपछि यसो भने पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले


2.2K
Shares

फेरि संसद भंग गरेपछि यसो भने पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले

काठमाडौं (८, जेठ । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले मध्यावधि निर्वाचन घोषणा राष्ट्रपति र प्रधानमन्त्री को कुकर्म भएको बताउनु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गर्दै निर्वाचन घोषणा गरेपछि डा. भट्टराईले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिन भएको हो ।

उहाँले भित्री र बाहिरी प्रतिगामी शक्तिहरूको षडयन्त्र र सेटिंगमा गत पुस ५ बाट अलोकतान्त्रिक, असंवैधानिक र प्रतिक्रान्तिकारी हर्कत शुरू भएको बताउदै यो त्यसको नै कडी भएको उल्लेख गर्नुभएको छ ।

मध्यावधि निर्वाचन घोषणा राष्ट्रपति र प्रधानमन्त्रीको कुकर्म भएको पनि उहाँले बताउनुभयो । यो मध्यावधी चुनाव नभई संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेजगर्ने प्रपंच भएको बताउदै उहाँले यसको एकजुट भई प्रतिवाद गर्नुपर्ने मा जोड दिनुभ भएको छ ।

उहाँले लेख्नु भएको छ ( भित्रीरबाहिरी प्रतिगामी शक्तिहरूको षडयन्त्ररसेटिंगमा गत पुस ५ बाट जुन अलोकतान्त्रिक,असंवैधानिक र प्रतिक्रान्तिकारी हर्कत शुरू भएको थियो त्यसैको कडी हो यो ओली-विद्या कुकर्म यो कुनै मध्यावधी चुनाव हैन संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेजगर्ने प्रपंच हो।एकजुट होऊॅसप्रतिवाद गरौं ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology