Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

संबिधान अनुसार अब देउवालाई तुरुन्त प्रधानमन्त्रीमा नियुक्ति गर्नुपर्छ : प्रवक्ता श्रेष्ठ


1.5K
Shares

संबिधान अनुसार अब देउवालाई तुरुन्त प्रधानमन्त्रीमा नियुक्ति गर्नुपर्छ : प्रवक्ता श्रेष्ठ

काठमाण्डौंं ७, जेठ । नेकपा माओबादी केन्द्रका प्रबक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश) ले संबिधान अनुसार अब राष्ट्रपतिले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई तुरुन्त प्रधानमन्त्री नियुक्त गर्नुको विकल्प नरहेको बताउनु भएको छ ।

सामाजिक सञ्जालमा ट्विट गर्नुहुदै प्रबक्ता श्रेष्ठले राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार साँझ ५ बजेसम्मको समय दिएर संविधानको धारा ७६ (५)अनुसार सरकार बनाउन दाबी गर्ने आह्वान संवैधानिक रुपमा त्रुटीपूर्ण र राजनीतिक रुपमा दुराशयपूर्ण भएपनि सर्वोच्चले रिट दर्ता नगरेका कारण बहुमत सांसदहरूको समर्थनमा देउवालाई प्रधानमन्त्रीका रुपमा अघि सारिएको उल्लेख गर्नुभएको छ ।

नेपाली काग्रेस, हाम्रो पार्टी, राष्ट्रिय जनमोर्चाको संस्थागत पार्टी निर्णय सहित जसपाका बाबुराम भट्टराई, उपेन्द्र यादवसहित र नेकपा (एमाले) का झलनाथ खनाल, माधव नेपालसहितका बहुमत प्रतिनिधि सभा सदस्यहरु (१४९) को हस्ताक्षरको समर्थनले देउवालाई प्रधानमन्त्रीको रुपमा राष्ट्रपतिसमक्ष दाबी प्रस्तुत गरिएको छ। उहाँले भन्नुभएको छ ।

राष्ट्रप्रतिले संवैधानिकरुपमा तुरुन्त देउवालाई प्रधानमन्त्री नियुक्ति गर्नुको विकल्प नभएको उहाँले स्पस्ट पार्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology