Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

मेरो राजनीतिक जीवनकै कठिन दिन भन्दै योगेसले अन्तत यसरी छोडे माधब समुह


3.2K
Shares

मेरो राजनीतिक जीवनकै कठिन दिन भन्दै योगेसले अन्तत यसरी छोडे माधब समुह

काठमाडौं, ७ जेठ । नेकपा (एमाले) का युवा नेता नेता तथा सांसद योगेश कुमार भट्टराईले शुक्रबार माधव कुमार नेपालको साथ छोडेर ओली समुहमा प्रवेश गरेका छन् लामो समयदेखि नेता नेपालको पक्षमा रहँदै आएका नेता भट्टराईले नयाँ सरकार गठनको अन्तिम अबस्थामा आएर नेता नेपालले चालेको कदमलाई साथ नदिई ओली समुहको कित्तामा उभिनु भएको हो ।

माधव समुहका २६ जना सांसदहरुले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनको लागि हस्ताक्षर गरेपनि भट्टराईले भने हस्ताक्षर गर्न अस्विकार गर्नुभएको हो । यसअघि नेपाल पक्षमा २८ जना सांसद उभिएका थिए । नेता भट्टराईले आफुले गरेको निर्णय सहित या गलत के भयो त्यो इतिहासले कठोर मुल्याङ्कन गर्ने भन्दै सामाजिक सञ्जाल मार्फृत माधब समुह छोडेको सन्देष दिनुभएको छ ।

आफ्नो राजनीति जीवनमा आजको दिन सबैभन्दा कठोर भएको भन्दै आफू ईतिहासको मूल्यांकनमा खडा भएको पनि उहाँको भनाई छ। यसअघि पहिलोपटक मन्त्री बन्दा योगेश संसदीय समितिको बैठकमा नेता नेपालबाट बधाई लिँदै गर्दा भावुक बन्नुभएको थियो । र, खुशीको आँशु झार्नु भएको थियो। नेता भट्टराई यस अघि ओली नेतृत्वको सरकारमा नेपालकै कोटाबाट मन्त्री बन्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology