Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

काग्रेसको यस्तो निर्णयपछि आजै महन्थ ठाकुर प्रधानमन्त्री बन्ने


2.6K
Shares

काग्रेसको यस्तो निर्णयपछि आजै महन्थ ठाकुर प्रधानमन्त्री बन्ने

काठमाण्डौं ७, जेठ । जनता समाजबादी पार्टीले पार्टीका नेता महन्थ ठाकुर प्रधानमन्त्री बन्ने सम्भावना प्रवल हुदै गएको छ । नेपाली काग्रेसले शान्ति र संबिधानको रक्षाका लागि सवै बिकल्प खुला राखेर दलहरु संग छलफल अघि बढाउने निर्णय आज गरेसंगै ठाकुरको प्रधानमन्त्रीको सम्भावना बलियो बनेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार शुक्रबार साँझसम्म सरकार बनाउन आह्वान गरेपछि सत्तापक्ष बाहेक दलहरुले जसरी पनि सरकारको बिकल्प दिन कस्सिएर लागेका छन् ।

काग्रेसको पहिलो प्राथामिकता आफ्नौ पार्टीको नेतृत्वमा नयाँ सरकार भन्ने नै हो, काग्रेसका एक नेताले भने, काग्रेसको नेतृत्वमा सम्भव नभए अरु जुन सुकै बिकल्पमा पनि ओली नेतृत्वको सरकारको बिकल्प खोज्न खुला गर्ने निर्णय भएको छ । प्रधानमन्त्री र राष्ट्रपति विद्यादेवी भण्डारीले संबिधानलाई कुल्चने काम भएको भन्दै काग्रेसले सवै बिकल्प खुला गरेर नयाँ सरकार बनाउन तयार भएको हो  भने माओबादी केन्द्रले जसरी पनि ओलीको बिकल्प खोज्न यस अघि नै तयार छ ।

त्यस्तै जनता समाजबादी पार्टीका राष्ट्यि अध्यक्ष डा. बाबुराम भट्टराईले पनि यस अघि नै लौरो उभ्याएर पनि ओलीको बिकल्प खोज्नु पर्ने बताइरहनु भएका बेला सहमतीको उत्तम बिकल्प ठाकुर नै हुनसक्ने बिश्लेषण गरिएको छ । जसपाका महन्थ ठाकुर पक्षले आफुलाई गठबन्धनले सरकारको नेतृत्व नदिए ओली पक्षसंग गठबन्धन गरेर जाने सम्भावना निश्चित जस्तै भएकाले पनि प्रचण्ड, देउवा र भट्टराईलाई ठाकुरको बिकल्प खोज्न गाह्रो पर्ने देखिएको छ ।

सत्ता इतरका काग्रेस, जसपा भट्टराई, यादव, माओबादी केन्द्र, जनमेर्चा लगायतका दलहरुको बुझाई ठाकुरलाई स्विकार गरेर अघि नबढे ओलीको नेतृत्वको सरकार हटाउन नसकिने आन्तरिक निर्कषमा पुगी सकेकाले पनि ठाकुर प्रधानमन्त्री बन्ने सम्भावना बलियो भएको हो । यस अघि आज नै जसपा अध्यक्ष उपेन्द्र यादवले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर यस्तो प्रस्ताव राख्नु भएको थियो । उहाँले आफुले प्रचण्डलाई भेटर ठाकुरलाई प्रधानमन्त्रीको रुपमा अगाडी सार्न प्रस्ताव गरेको भन्दै प्रचण्ड समेत त्यसमा सकारात्मक रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology