Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

महन्थ ठाकुरलाई प्रधानमन्त्रीको रुपमा प्रस्ताव


2.3K
Shares

महन्थ ठाकुरलाई प्रधानमन्त्रीको रुपमा प्रस्ताव

काठमाण्डौं ७, जेठ । जनता समाजबादी पार्टीले पार्टीका नेता महन्थ ठाकुरलाई प्रधानमन्त्रीको रुपमा प्रस्ताव गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार सरकार बनाउन आह्वान गरेको भोलिपल्ट जसपा अध्यक्ष उपेन्द्र यादवले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर यस्तो प्रस्ताव राख्नु भएको हो ।

उहाँले आफुले प्रचण्डलाई भेटर ठाकुरलाई प्रधानमन्त्रीको रुपमा अगाडी सार्न प्रस्ताव गरेको भन्दै प्रचण्ड समेत त्यसमा सकारात्मक रहेको बताउनुभयो । राष्ट्रपतिले दिएको समयसिमा अन्र्तगत शुक्रबार (आज) साँझसम्ममा नयाँ सरकारको बिकल्प नखोजिए देश फेरि संसद बिघटनको दिशामा धकेलिने निश्चित छ ।

यस अघि आज नै जसपाका अर्का अध्यक्ष महन्थ ठाकुरले पनि आफ्नो पार्टीले बर्तमान अबस्थाको निकास दिने बताउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology