Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

२४ घण्टापछि प्रतिनिधि बिघटनको संकेत : के छ संबिधानमा यो हेर्नुहोस


2.7K
Shares

२४ घण्टापछि प्रतिनिधि बिघटनको संकेत : के छ संबिधानमा यो हेर्नुहोस

काठमाण्डौं ६, जेठ । पुस ५ गते बिघटन गएर पुनः गएको फागुन ११ गते सर्वोच्च अदालतले पुनस्थापन गरिदिएको प्रतिनिधी सभा २४ फेरि बिघटन हुने संकेत देखिएको छ । राष्ट्रपति बिद्यादेवी भण्डारीले संबिधानको धारा ६७ (५) बमोजिम सरकार गठन गर्न दलहरुलाई २४ घण्टे अल्टिमेटन दिएपनि प्रतिनिधी सभा बिघटन लगभग निश्चित भएको हो ।

बहुमतको नयाँ  सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय भित्र त्यस्तो सरकार गठन हुने सम्भावना अत्यन्त न्युन रहेको छ । राष्ट्रपतिले दिएको समयसिमा भित्र बहुमतको नयाँ सरकार गठन नभए ६ महिना भित्र निर्वाचन गर्ने गरि संसद बिघटन गर्ने व्यवस्था संबिधानमा छ । तर प्रधानमन्त्री संबिधानको धारा ६७ उपधारा २ वा ३ वमोजिम नियुक्त भईसकेपछि उपधारा ४ बमोजिम ३० दिन भित्र प्रतिनिधी सभाबाट बिश्वासको मत लिनु पर्नेमा त्यसलाई लत्याएर उपधारा ५ वमोजिम सरकार गठन गर्न राष्ट्रपति मार्फत आवहन गरिएको हो ।

नेपालको राजनीति त्यसमाथि अहिले संसदिय प्रणालीमा राष्ट्रपतिले दिएको समयसिमा भित्र नयाँ सरकार गठनको दावी प्रस्तुत गर्नु दलहरुका लागि फलाम चपाउनु सरह नै हो । यस्तो अबस्थामा संसद बिघटन बाहेको अर्को बिकल्प नदेखिने संबिधान बिद्हरुको तर्क छ । तर प्रधानमन्त्रीको सिफारिस राष्ट्रपतिले जारी गरेको २४ घण्टे अल्टिमेटम संबिधान बिपरित रहेको पनि संबिधान बिद्हरुको तर्क छ ।

भोलि साँझसम्ममा विश्वासको मतको लागि कसैले दाबी गर्न नसक्ने बिश्वासका साथ प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको रोडम्याप स्पष्ट हुँदै गएको स्रोतको दावी छ । स्रोत भन्छ ‘भोलि साँझ प्रतिनिधिसभा विघटन हुन सक्छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology