Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

हारे बादलले : मन्त्री पदपनि आजै खोसियो


1.3K
Shares

हारे बादलले : मन्त्री पदपनि आजै खोसियो

हेटौंडा ६, जेठ । नेकपा एमालेका नेता रामबहादुर थापा वाग्मती प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा डा. खिमलाल देवकोटासंग पराजित हुनुभएको छ । सत्तारुढ दलको ओली पक्षाबाट उम्मेदवार बन्नु भएका थापालाई एमालेकै माधव खनाल समुहबाट उमेद्वार बन्नुभएका देवकोटाले पराजित गर्नुभएको हो ।

बिहीबार अपराह्न सम्पन्न उपनिर्वाचनमा १०५ प्रदेशसभा सदस्यले मतदान गरेकोमा देवकोटाले ५८, बादलले ४५ र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले २ मत पाउनुभयो।यसैगरी स्थानीय तहका प्रमुख र उपप्रमुखहरु २३३ जनाले मतदान गरेका थिए । जसमा देवकोटाले १२८, बादलले १०३ र तामाङले २ मत पाएको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ र प्रदेशसभा सदस्यको मतभार ४८ गणना हुने आयोगले बताएको छ ।

एमालेका उम्मेदवार बादल सूर्य चिन्ह लिएर मैदानमा उत्रनु भएको थियो। यस्तै नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपा र एमालेको माधव नेपाल समूहबाट उम्मेदवार बनेका डा. देवकोटाले कलम चिन्ह र नेपाल मजदुर किसान पार्टीका तर्फबाट उम्मेदवार बनेका कृष्णबहादुर तामाङले मादल चिन्ह लिएर चुनावी मैदानमा थिए । यता आज नै सर्वोच्च अदालतले सासंद नभएकाहरुलाई मन्त्री पदमा नियुक्त गर्नु गैह्र सवैधानिक भएको ठहर गरेपछि माओबादी केन्द्रबाट एमाले प्रबेश गरेर मन्त्री बनेका बादल सहितका ७ जनाको मन्त्री पद पनि खोसिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology