Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

माओबादी केन्द्र गोरखाले भन्यो :संक्रमण भयावह बन्दै गयो, टोलटोलमा एन्टिजेन परीक्षण गर !


5.2K
Shares

माओबादी केन्द्र गोरखाले भन्यो :संक्रमण भयावह बन्दै गयो, टोलटोलमा एन्टिजेन परीक्षण गर !

गोरखा ६, जेठ । नेकपा माओबादी केन्द्र गोरखाले टोलटोलमा एन्टिेजन परीक्षण गर्न माग गरेको छ । जिल्ला भित्र अधिकासं क्षेत्रमा कोरोना संक्रमण भयावह बन्दै गएको भन्दै जिल्ला कार्यालयको भर्चुअल बैठकले तत्काल संक्रमणको उच्च जोखिममा रहेका क्षेत्रमा पुगेर टोलटोलमा एन्टिजेन परीक्षण गर्न सरकार संग माग गरेको हो ।

बैठकले साता यता जिल्लाको पिसिआर रिर्पोट आउन ढिलाई भएको भन्दै आफ्नोगम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कोरोना प्रभावितहरुलाई पिसिआर टेष्टमा ढिलाई भएको र टेष्टपछि पनि रिर्पोट आउन ढिलाई भएकोमा पार्टीको ध्यानाकर्षण भएको भन्दै सबै टोलमा एन्टिजेन परिक्षण गर्नुपर्ने माग माओबादी केन्द्रले गरेको हो ।

जिल्ला अध्यक्ष लेखबहादुर थापा मगरको अध्यक्षतामा भएको बैठकले कोरोना प्रभावित गाउँमा राहतको ब्यवस्था गर्न, शव ब्यवस्थापनमा धार्मिक मनोबिज्ञानलाई ध्यान दिन, शव ब्यवस्थापनमा खटिएका सुरक्षाकर्मीहरुको उचित सेवा र सुविधा उपलब्ध गराउन, कोरोना उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउन पनि थप सेवा सुविधान दिन नेपाल सरकारसंग आग्रह गरेको छ ।

विभिन्न ११ निर्णय गरेको माओवादी गोरखाले डिसिसिएमसीलाई सहयोग गर्न जिल्ला स्तरीय राजनितिक पार्टी सम्मिलित एक समन्वय समिति तथा सबै स्थानिय तहमा पालिका स्तरीय कोभिड नियन्त्रण सहयोग समिति निर्माण गर्न पनि आग्रह गरिएको छ । आउनुहोस अरु के के निर्णयहरु भयो त हेरौं

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology