Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

गोरखाबाट निर्वाचित सांसद बस्नेत पुनः गण्डकी प्रदेशको मन्त्रीमा नियुक्त


3.3K
Shares

गोरखाबाट निर्वाचित सांसद बस्नेत पुनः गण्डकी प्रदेशको मन्त्रीमा नियुक्त

गोरखा ५ जेठ । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रीमा रामशरण बस्नेत पुनः नियुक्त नियुक्त हुनुभएको छ । । गोरखा क्षेत्र नम्बर १ को ‘ख’ प्रदेस बाट निर्वाचित सांसद बस्नेत यस अघि पनि प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्री हुनुहुन्थ्यो ।

नवनियुक्तमन्त्रीहरुलाई आजै प्रदेश प्रमुख सिता कुमारी पौडेलको निबासमा सपथ ग्रहण गराइएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आजै मन्त्रिपरिषद् बिस्तार गरेर ६ मन्त्रीमण्डल गठन गर्नुभएकोछ ।

गुरुङको मन्त्री मण्डलमा सवै पुराना अनुहारका व्यक्तिहरुले स्थान पाएका छन् । गण्डकी प्रदेश सरकारको अर्थमन्त्रीमा किरण गुरुङ, पर्यटन मन्त्रीमा विकास लम्साल, सामाजिक विकास मन्त्रीमा नरदेवी पुन र युवा तथा खेलकुद मन्त्रीमा राजीव गुरुङलाई नियुक्त गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology