Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा ४९ बर्षका कोरोना संक्रमित पुरुषको घरमै मृत्यु


2.1K
Shares

गोरखामा ४९ बर्षका कोरोना संक्रमित पुरुषको घरमै मृत्यु

गोरखा, ५ जेठ । गोरखाको अजिरकोट गाउँपालिका–५, आइडाँडाका एक कोरोना संक्रमित पुरुषको गएराती मृत्यु भएको छ । ४९ बर्षिय ति पुरुषको घरमा नै मृत्यु भएको गाउँपालिकाका सूचना अधिकारी सुरेश दुवाडीले जानकारी दिनुभयो । कलेजो सम्बन्धी समस्याका बिरामी समेत रहनु भएका उहाँलाई चितवन मेडिकल कलेजबाट उपचार गराएर घरमा ल्याइएको थियो ।

‘आजभन्दा ३ दिन अघि अस्पतालमा उपचार सम्भव नभएको भन्दै घर लैजान अस्पतालले सुझाव दिएपछि उहाँलाई घर ल्याइएको रहेछ, सूचना अधिकारी दुवाडीले भन्नुभयो, गएराती घरमै निधन भएको जानकारी परिवारले गराएको छ ।’ मृतकको शव व्यवस्थापनका लागि गाउँपालिकाले प्रमुख जिल्ला अधिकारीसगको समन्व्यमा स्वास्थ्य मापदण्ड अपनाएर परिवारले गर्ने व्यवस्था मिलाएको उहाँले जानकारी दिनुभयो ।

सदरमुकामबाट टाढा रहेकाले नेपाली सेना जान आउन समस्या हुने भएपछि गाउँपालिकाले स्वास्थ्य मापदण्ड अनुसार परिवारका निश्चित सदस्यलाई पिपिइ लगायतको व्यवस्था गरि शव व्यवस्थापन गर्न लागिएको सूचना अधिकारी दुवाडीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology