गोरखा ५, जेठ । गोरखामा आज फेरि ८ बजेर २८ मिनेटमा भुकम्पको दोस्रो झड्का महसुस गरिएको छ । लम्जुङ्गको भुलभुले केन्द्रबिन्दु भएर बिहान ५ बजेर ४२ मिनेटमा गएको भुकम्पको दोस्रो झड्का पुनः गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनााएको छ ।दोस्रो धक्काको केन्द्र बिन्दु समेत भुलभुले आसपास रहेको केन्द्रका प्रमुख लोकबिजय अधिकारीले जानकारी दिनुभयो ।
दोस्रो पटक गएको भुकम्पको धक्का ५ दशमलव ३ रेक्टर स्केलको रहेको केन्द्रले उल्लेख गरेको छ । पहिलो पटक गएको भुकम्प भन्दा दोस्रो पटक गएको भुकम्पको झड्को छोटो थियो । पहिलो पटक गएको भुकम्पको झड्का भन्दा दोस्रो पटकको झड्का छोटो रहेको जनाइएको छ ।
यसैबिच आज बिहान गएको पहिलो भुकम्पबाट लम्जुङ्गमा ४ जना घाइते भएका छन् भने ७ घरमा भत्किएको जनाइएको छ । क्षतिको थप बिबरण प्राप्त हुन बाँकी छ ।