Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

सक्रमण फैलिएपछि गोरखा नगरपालिका वडा नम्बर १२ सिल गर्न सिफारिस


2.8K
Shares

सक्रमण फैलिएपछि गोरखा नगरपालिका वडा नम्बर १२ सिल गर्न सिफारिस

गोरखा ४, जेठ । गोरखा नगरपालिका वडा नम्बर १२ को छाप गाउँमा कोरोना सङक्रमितको संख्या बढ्न थालेपछि वडा कार्यालय सिल गर्न सिफारिस गरिएको छ । तारानगर स्वास्थ्य चौकीको आज बसेको वैठकले वडालाई तत्काल सिल गर्न नगरपालिकालाई सिफारिस गर्ने निर्णय गरेको हो ।

जिल्ला भरी निषेधाज्ञा भएपनि यस क्षेत्रमा विकास निर्माणका काम भन्दै निस्फिक्रि सवारी साधनहरु सञ्चालन हुँदै आइरहेका छन् । यहाँका बजारहरु घाम रहँदा सम्म खुल्ने र रात परेपछि बन्द हुँदै आएका छन् ।

बन्दलाइ कडा गर्न प्रहरीलाइ अनुरोध गर्ने, अक्सिमिटरका लागि सम्बन्धित निकायमा माग गर्ने, सङक्रमितहरुलाइ आवश्यक स्वास्थ्य सामग्री दिने र वडा सिल गर्न नगरपालिकालाइ अनुरोध गर्ने निर्णय भएको समितिका एक सदस्यले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology