गोरखा ४, जेठ । गोरखा नगरपालिका भित्र आज थप ३७ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । गोरखा नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक निश्चल अर्यालका अनुसार नगरपालिकाको वडा नम्बर ४ १०, ११ र १२ मा संक्रमितहरु भेटिएका हुन ।
संक्रमितहरुमा गोरखा नगरपालिका वडा नम्बर ४ मा २९ बर्षका एक पुरुष, वडा नम्बर १० मा ३७ बर्षका एक पुरुष, ३१ बर्षकी एक महिला र ५ बर्षका बालकमा संक्रमण पुष्टी भएको उहाँले बताउनुभयो ।
त्यस्तै वडा नम्बर ११ मा ६ जना पुरुष, ७ जना महिला, वडा नम्बर १२ मा ९ जना महिला र ८ जना पुरुषमा कोरोना पुष्टी भएको जनस्वास्थ्य निरीक्षक अर्यालले बताउनुभयो ।