Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

भोट माग्न नेपालको निवासमै पुगे बादल


3.6K
Shares

भोट माग्न नेपालको निवासमै पुगे बादल

काठमाण्डौं ४, जेठ । नेकपा एमालेका राष्ट्रियसभा सदस्य उपनिर्वाचनका उमेद्वार रामबहादुर थापा ‘बादल’ भोट माग्न बरिष्ट नेता माधव कुमार नेपाल निवास कोटेश्वरमा पुग्नुभएको छ ।

नेपाल निवासमा पुगेर उहाँलेआसन्न राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा आफुलाई सहयोग गर्न माग गर्नुभएको हो । पार्टीलाई २०७५ जेठ २ गतेको अवस्था पुर्‍याउनुपर्ने भन्दै पूर्व माओवादीहरूको प्रवेशलाई अस्वीकार गर्दै आएका नेता नेपालसँग सहयोग माग्न बादल कोटेश्वर पुगेका हुन् । जेठ ७ गते मतदान हुँदैछ ।

निर्वाचनमा सहयोगका लागि आग्रह गर्न गृहमन्त्री कोटेश्वर गएका बादल निकट स्रोतले जनाएको छ । निर्वाचनमा नेता नेपाल समेत विपक्षी गठबन्धनमै रहेका बेला मनोनयन दर्ता गराएका अर्का उम्मेदवार खिमलाल देवकोटा प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology