गोरखा ४ जेठ । गोरखाका एक शिक्षकको आज कोरोना संक्रमणबाट मृत्यु भएको छ । जिल्लाको सिरानचोक गाउँपालिका ५ घर भई शहिद लखन गाउँपालिकाको एक स्कुलमा अध्यापन गराउने शिक्षकको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो ।
चितवन मेडिकल कलेजमा मृत्यु भएका उनी गोरखा सदरमुकाममा बस्दै आएका थिए । ३८ बर्षका ति शिक्षकको सोमबार राती ११ बजे मृत्यु भएको थियो । गोरखा नगरपालिकाले स्वाब संकलन गरि परिक्षण गर्दा उहाँलाई कोरोना संक्रमण पुष्टी भएको थियो ।