दैलेख ४, जेठ । आज बिहान भएको जिप दुघर्टनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । कर्णाली राजमार्गमा पर्ने दुल्लु नगरपालिका–३ स्यालामा बा २० च ७१५ नम्बरको जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
जुम्लाबाट सुर्खेततर्फ आउँदै गरेको जिप सडकबाट झन्डै पाँच सय मिटर तल खसेको थियो । दुर्घटनामा परि गुठिचौर गाउँपालिका ४ का ३८ वर्षीय जिप चालक रामहरि न्यौपाने र सोही ठाउँकी २७ वर्षीया राज्यलक्ष्मी न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले दैलेखले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको जनाइएको छ ।