Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

खोलामा अन्दाजी ३० बर्षका पुरुषको शव भेटियो


2.5K
Shares

खोलामा अन्दाजी ३० बर्षका पुरुषको शव भेटियो

भक्तपुर २ जेठ । भक्तपुरको चाँगुनारायण नगरपालिका–६ मा रहेको बालवन वालखोलामा आज अपरिचित ३० वर्षीय पुरुषको शव भेटिएको छ ।

खोलामा घोप्टो परेर अनुहार पानीमा डुबेको अवस्थामा गहुँगोरो वर्णको, पाँच फिट आठ इन्च उचाइ भएको, दाहिने हातको बूढीऔंला र चोरीऔंलाका बीचमा ॐ लेखिएको ट्याटु, बायाँ खुट्टाको पिँडौलादेखि कान्छी औँलासम्म पुरानो खत रहेको पुरुषको शव भेटिएको प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

शव परीक्षणका लागि काठमाडौं मेडिकल कलेज दुवाकोट भक्तपुरमा पठाइएको गिरीले बताउनुभयो ।घटना कसरी भयो, हत्या हो कि अरू कुनै कारणले मृत्यु भएको हो भन्ने बारेमा प्रहरीले घटनास्थलबाटै अनुसन्धान शुरु गरेको जनाउँदै गिरीले मृतकको पहिचान खुलेपछि र शव परीक्षणको रिपोर्ट आएपछि मात्रै थप कुरा भन्न सकिने जानकारी दिनुभयो । रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology