Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा कुखुरा खान खोरमा पसेको चितुवा खोरमै अड्किएपछि..


3.4K
Shares

गोरखामा कुखुरा खान खोरमा पसेको चितुवा खोरमै अड्किएपछि..

गोरखा, ३१, बैशाख  गोरखाको गण्डकी गाउँपालिका–६ भुम्लिचोक स्थित बिजौरेमा कुखुराको खोरमा पसेको चितुवाको दुईदिन पछि उद्धार गरिएको छ । स्थानीयबासी टंकनारायण श्रेष्ठको कुखुराको खोरमा पसेको चितुवाको बिहिबार साँझ मात्र उद्धार गर्न सफल भएको डिभिजन बन कार्यालय गोरखाका साहायक बन अधिकृत महेष पौडेलले जानकारी दिनुभयो ।

‘२८ गते साँंझ मंगलबार कुखुरालाई आक्रमण गर्न खोरमा पसेको चितुवा खोरमै थुनिएको थियो, उहाँले भन्नुभयो, ‘डिभिजन बन कार्यालय गोरखाका कर्मचारीले उद्धार गर्न नसकेपछि राष्ट्रिय प्रकृति संरक्षणकोष चितवनबाट प्राबिधिक झिकाएर चितुवाको उद्धार गरिएको हो ।’ स्थानीयबासीले चितुवा खोरमा पसेको देखेपछि डिभिजन बन कार्यालय गोरखामा नै जानकारी गराएका थिए ।

चितवनबाट गएको प्राबिधिक सहितको टोलीले चितुवालाई लठ्याएर उद्धार गरेको साहायक बन अधिकृत पौडेलले बताउनुभयो । उद्धार गरिएको भाले चितुवा अन्दाजी ६बर्षका रहेको उहाँको भनाई छ । खोरमा पसेको चितुवा बाहिर निस्कन नसकेर अड्किएको घरधनी टंकनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

चितुवालाई सामान्य उपचारपछि बासस्थानमा लगेर छोडिएको बन कार्यालय गोरखाले जनाएको छ । केही समय अघि पनि स्थानीय परम्परागत खोर थापेर गण्डकी गाउँपालिकाको दुर्वङमा पोथी चितुवालाई नियन्त्रणमा लिएका थिए । मानवबस्तीमा पसेर चितुवाले घरपालुवा पशुबस्तु मार्न थालेपछि त्यस क्षेत्रका बासन्दिा हैरान भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology