सप्तरी, २८ बैशाख । ट्रकको ठक्करबाट मंगलबार (आज) बिहान एक दम्पतीको मृत्यु भएको छ । ना ६ ख ३८६१ नम्बरको मालवाहक ट्रकले ठक्कर दिँदा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका -१ भारदह भलुवाका ५० वर्षीय सत्यनारायण मण्डल र उहाँकी ४५ वर्षीया पत्नी सुनिता देवी मण्डलको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।
साइकल सवार उहाँहरुलाई पूर्व–पश्चिम राजमार्गअन्तर्गत हुनमाननगर कंकालिनी नगरपालिका १ को सडक खण्डमा अनियन्त्रित भएर ट्रकले ठक्कर दिएको थियो । दुवैको घटनास्थलमै मृत्यु भएको हो । ठक्कर दिने ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।