Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

नयाँ प्रधानमन्त्री नियुक्त प्रक्रिया थाल्न तीन दलले राष्ट्रपतिलाई गरे यस्तो आवहन


2.7K
Shares

नयाँ प्रधानमन्त्री नियुक्त प्रक्रिया थाल्न तीन दलले राष्ट्रपतिलाई गरे यस्तो आवहन

काठमाण्डौं २७, बैशाख । संसदमा प्रधानमन्त्रीले बिश्वासको मत गुमाएसंगै विपक्षी दलहरुले नयाँ सरकार गठनका लागि प्रक्रिया थाल्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आह्वान गरेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले संयुक्त वक्तव्य जारी गरी संविधानको धारा ७६ को २ अनुसार दुई वा दुईभन्दा बढी दलका बहुमत सांसदहरूको समर्थन प्राप्त नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने गरी प्रक्रिया थाल्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आह्वान गरेका हुन् ।

प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसमा समक्ष राखेको प्रसाव अस्वीकृत भएपछि संविधानअनुसार प्रधानमन्त्री पदबाट स्वतः पदमुक्त हुने भएकाले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रिया प्रारम्भ गर्न तीन दलले आग्रह गरेका हुन् ।

यस्तो छ पत्र

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology