Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामै पिसिआर परीक्षण सम्भव हुदाहुदै उपकरण प्रयोगमा नल्याएकोमा प्रवक्ता श्रेष्ठको असन्तुष्टी


2.8K
Shares

गोरखामै पिसिआर परीक्षण सम्भव हुदाहुदै उपकरण प्रयोगमा नल्याएकोमा प्रवक्ता श्रेष्ठको असन्तुष्टी

गोरखा २६, बैशाख । नेकपा माओबादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले गोरखा जिल्ला भित्रै पिसिआर परीक्षण गर्न सक्ने अबस्था हुदाहुदै पनि परीक्षणको कार्य थालनी नभएको भन्दै असन्तुष्टी जनाउनु भएको छ । जिल्ला भित्र कोरोना बिरुद्धको तयारी लगायतका अबस्थाको जानकारी लिन आइतबार गहृजिल्ला आइपुग्नु भएका प्रबक्ता श्रेष्ठले यस्तो बताउनु भएको हो । जिल्ला भित्र कोभिड रोकथाम, नियन्त्रण र न्युनिकरणका लागि भएका प्रयासहरु सन्तोषजनक पाए’ उहाँले भन्नुभयो, ‘पिसिआर टेष्ट, एन्टीजेन यही गर्न सकिन्छ त्यो पाटोमा कमजोरी छ, त्यसलाई सच्याउनुपर्छ ।’

उहाँले गोरखा अस्पतालबाट थप उन्नत प्रकारको स्वास्थ्य उपचार सेवा प्रदान सक्ने भएकाले त्यस तर्फ ध्यानदिनुपर्नेमा जोडदिनुभयो । ‘अन्य कुराहरु सामान्यतया ठिकै छ, प्रबक्ता श्रेष्ठले भन्नुभयो, आइसोलेसनहरु जिल्ला भित्र जुन तिव्रताका साथ बन्नुपथ्र्यो त्यसमा पनि केही कमिकमजोरी भएका छन् । समग्रमा जिल्ला भित्र कोरोना नियन्त्रणका लागि डिसिसिएमसी, स्वास्थ्य कार्यालय र गाउँपालिकाहरुले सकारात्मक काम गरेको बताउनुभयो । प्रबक्ता श्रेष्ठले महामारीको बेला पार्टीका कार्यकताहरु समेत संक्रमण रोकथामका लागि अग्रमेचामा खटिनुपर्ने बताउनुभयो ।

‘पाटीका कार्यकर्ताहरुलाई हामीले निर्देशन दिइसकेका छौ, उहाँले भन्नुभयो, ‘संक्रमण रोकथामका लागी स्वास्थ्य मापदण्डको पालना गर्दै स्थानीय सरकारलाई आइसोलेसन निर्माण, क्वारेन्टिन निर्माण, बिरामीहरुलाई अस्पतालसम्म पु¥याउने लगायतका कार्यमा कार्यकता खटिनुपर्छ ।’ प्रवक्ता श्रेष्ठले निषेधाज्ञाका बेला दैनिक श्रम गरेर जिविकोपार्जन गर्नुपर्ने नागरिकहरुका लागि पनि सवै क्षेत्रले उचित पहल गर्नुपर्नेमा जोडदिनुभयो ।

प्रवक्ता श्रेष्ठले जिल्ला स्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठक, गाउँपालिका स्वास्थ्य शाखाका प्रमुखहरुसंगको बैठकमा सहभागी भएर कोभिड बिरुद्ध गरेका तयारीको बारेमा जानकारी लिनुभयो । त्यस्तै गोरखा अस्पतालको निरीक्षणमा पुग्नु भएका प्रबक्ता श्रेष्ठले अस्पतालमा तत्काल आइसोलेन निर्माण र अक्सीजन प्लान्टको काम सम्पन्न गर्न समेत निर्देशन दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology