Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

ओली निरंकुस, स्वेच्छाचारी र अलोकतान्त्रिक : प्रवक्ता श्रेष्ठ


1.9K
Shares

ओली निरंकुस, स्वेच्छाचारी र अलोकतान्त्रिक : प्रवक्ता श्रेष्ठ

गोरखा २६, बैशाख ।  नेकपा माओबादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले केहीदिन भित्रै बहुमतको नयाँ सरकार बन्ने बताउनु भएको छ । गोरखा सदरमुकाममा आज पत्रकारहरुसंगको भेटघाटमा प्रवक्ता श्रेष्ठले अध्यादेशबाट शासन गर्ने शासकिय शैलीका कारण पनि बर्तमान सरकारले संसदबाट बिश्वासको मत प्राप्त गर्नसक्ने अबस्था नरहेको दावी गर्नुभयो । ‘अहिलको सरकारले भोली बिश्वासको मत प्राप्त गर्न सक्दैन, उहाँले भन्नुभयो, छिट्ट्रै बहुमतको नयाँ सरकार बन्छ ।’

प्रवक्ता श्रेष्ठले देशको अहिलेसम्म सामाजिक आर्थिक रुपान्तरणमा सरकारले छिपछिपेपन मात्र देखाएको भन्दै कोरोना नियन्त्रण र रोकथाममा समेत प्रभावकारी भूमिका खेल्न सरकार असफल भएको आरोप लगाउनुभयो । ‘कोराना महामारीको नियन्त्रणमा असक्षमता, अध्यादेशबाट शासन सञ्चालन गर्ने शैली आदीका कारण सरकारले संसदबाट बिश्वासको मत प्राप्त गर्नसक्ने अबस्था नै छैन उहाँले भन्नुभयो, सरकार अब आफ्नो जिम्मेवारीबाट मुक्त हुन्छ ।’

संसदमा बिश्वासको सरकारले मत गुमाएपछि बिपक्षी गठबन्धनले बहुमत प्राप्त दलको नेतालाई प्रधानमन्त्रीको रुपमा अगाडी बढाउने बताउनुभयो । ‘अहिले काग्रेस संसदिय दलका नेतालाई प्रधानमन्त्रीको रुपमा अगाडी बढाउने बिपक्षी गठबन्धनको तयारी छ, प्रवक्ता श्रेष्ठले भन्नुभयो, ‘हाम्रो पार्टीले स्पस्ट रुपमा सरकारलाई बिश्वासको मत दिन सक्दैनौ भनेर निर्णय गरिसकेका छौ ।’ प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली निरंकुश र अलोकतान्त्रिक भएको समेत उहाँले आरोप लगाउनु भयो ।

प्रवक्ता श्रेष्ठले प्रमुख प्रतिपक्ष दलका नेता, सभामुख लगायत बैठकमा भाग लिन नसक्ने घोषणा गरेको परिस्थितीमा बलजफती सबैधानिक आयोगहरुमा गरिएको नियुक्ती समेत असबैधानि भएको बताउनुभयो । ‘ आफैले बिश्वासको मत लिने घोषणा गरेको सरकारले बिश्वास मत नलिदै फेरि अध्यायदेश मार्फत संबैधानिक आयोगहरुमा गरिएका नियुक्ती गर्नु संबिधान बिपरित छ, उहाँले भन्नुभयो, ‘त्यसलाई स्विकार गर्न सकिदैन ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology