Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

माधव नेपालको ओलीलाई एकाबिहानै कडा चेतावनी, ओली पक्षलाई कडा झड्का


2.8K
Shares

माधव नेपालको ओलीलाई एकाबिहानै कडा चेतावनी, ओली पक्षलाई कडा झड्का

काठमाण्डौं २५, बैशाख । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले गलत बाटोबाट गरिने नियुक्ति प्रयासहरू तत्काल बन्द प्रधानमन्त्री केपीशर्मा ओलीलाई चेतावनी दिनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा बरिष्ठ नेता नेपालले प्रधानमन्त्री ओलीलाई एकाबिहानै कडा चेतावनी दिनुभएको हो । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुको साटो बलमिच्याइँ गरी प्रधानमन्त्री ओलीले अध्यादेशमार्फत् संवैधानिक आयोगमा पदपूर्ति गर्न खोजेपछि नेता नेपालको यस्तो चेतावनी आएको हो ।

उहाँले अध्यादेशमार्फत् संवैधानिक आयोगमा पदपूर्ति गैरजिम्मेवारीपन एवम् अलोकतान्त्रिक कार्य भएको समेत उल्लेख गर्नुभएको छ । ‘मुलुकमा उत्पन्न विषम् परिस्थितिमा सरकार जनताप्रतिको आफ्नो मुख्य दायित्वबाट च्यूत हुन मिल्दैन,’ उहाँले फेसबुकमा लेख्नुभएको छ ‘अतः गलत बाटोबाट गरिने यस्ता नियुक्ति प्रयासहरू तत्काल बन्द गर्न र जनताको जीवन रक्षामा ध्यान केन्द्रित गर्न आह्वान गर्दछु।’ प्रधानमन्त्री ओलीले रिक्त संवैधानिक निकायमा पदपूर्ति गर्नकै लागि आइतबार बिहानका लागि संवैधानिक परिषद्को बैठक बोलाउनु भएको छ ।

नेता नेपालको चेतावनीले ओली पक्षलाई भने कडा झड्का लागेको छ । पार्टी बिभाजन संघारमा पुगेको एमालेले पार्टी एकताका लागि अन्तिम प्रयास गरिरहेका बेला नेपालको कडा चेतावनीले ओली पक्षलाई अघि बढ्ने वा पछि हट्ने अबस्थामा पुर्याएको हो । नेपालको कुरा नसुन्दा यहीं २७ गते संसदमा हुने सरकारले लिन लागेको संसदको मत पक्षमा नेपाल खेमाले झनै असहयोग गर्न सक्ने आकलन ओली पक्षको छ । एकतर्फी पेलेर अघि नबढ्दा विश्वासको मत गुमाएको अबस्थामा नेता कार्यकतालाई बिभिन्न निकायमा व्यवस्थापन गर्ने अबसर गुम्नसक्ने खतरामा ओली पक्ष पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology