गोरखा २५, बैशाख । बिहीबारदेखि वडा स्तरमा स्वांब संकलन थालेको गोरखा नगरपालिकाले दुईदिनमा १६५ जनाको स्वाब संकलन गरेको छ । नगरपालिकाले वडा नम्बर ७ र १२ मा बिहीबार १२१ जनाको स्वांब संकलन गरेको मा शुक्रबार थप ४४ जनाको स्वांब संकलन गरेको नगरपालिका स्वास्थय शाखाका जनस्वास्थ्य निरीक्षक निश्चल अर्यालले जानकारी दिनुभयो ।
नगरपालिकाबाट खटिएका स्वास्थ्यकर्मीहरुले शुक्रबार वडा नम्बर ८, १३ र १४ मा गरी २८ जना पुरुष र १६ जना महिलाको स्वाब संकलन गरेको उहाँले बताउनुभयो । भारत लगायतका अन्यदेशबाट फर्किएका, कोरोना संक्रमितको सम्र्पकमा रहेका, कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएकाहरुको नगरपालिकाले स्वांब संकलनको काम तिव्र पारेको हो ।
भोली आइतबार वडा नम्बर १, २ र ४ क्षेत्रमा संक्रमणको उच्च जोखिममा रहेको स्वांब संकलन गरिने नगरपालिकाले जनाएको छ । नगरपालिकाले यही बैशाख ३० गतेभित्रमा सवै वडामा स्वांब संकलनको काम सम्पन्न गर्ने जनाएको छ ।