गोरखा २४, बैशाख । गोरखा जिल्लामा बिहिबार एकैदिनमा ४५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य कार्यालय गोरखा अनुसार जिल्लाको भीमसेन थापा गाउँपालिका, आरुघाट गाउँपालिका, सहिद लखन गाउँपालिका र गण्डकी गाउँपालिकमा कोरोना संक्रमित थपिएका हुन् ।
जसमा आरुघाट गाउँपालिकामा सवैभन्दा धेरै १९ जनामा संक्रमण पुष्टी भएको कार्यालयका महामारी फोकल पर्सन नारायणबाबु अर्यालले जानकारी दिनुभयो । त्यस्तै भीमसेन थापा गाउँपालिकामा १६ जनामा संक्रमण पुष्टी भएको छ । संक्रमितहरु वडा नम्बर ७ बाहेका अन्य सवै वडाका रहेको उहाँको भनाई छ ।
सहिद लखन गाउँपालिकामा बिहिबार ९ जनामा कोरोना पुष्टी भएको छ भने गण्डकी गाउँपालिकामा १ जना संक्रमित थपिएको कार्यालयले जनाएको छ ।