गोरखा २१, बैशाख । गोरखाको भीमसेन थापा गाउँपालिका वडा नम्बर ७ बोर्लाङका कोरोना प्रभावित परिवारलाई खाद्यान्य बितरण गरिएको छ । कोरोना संक्रमणको महामारीमा परेको क्यामुनटारबासीलाई नेकपा एमाले जिल्ला कमिटी गोरखाले राहत सामाग्री हस्तान्तरण गरेको हो।
गण्डकी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री रामशरण बस्नेतको सहयोगमा नेकपा एमाले गोरखाले कोभिड–१९ बाट प्रभावित ५० घर परिवारका मानिसहरुलाई दाल, चामल, नुन र तेल हस्तान्तरण गरेको स्थानीयबासी समेत रहनुभएका एमाले भीमसेन गाउँपार्टी अध्यक्ष तथा जिल्ला कमिटी सदस्य साधुराम थापाले जानकारी दिनुभयो ।
कोरोना संक्रमित कतिपय परिवार दैनिक ज्याला मजदुरी नगरी जिवनयावन गर्न समस्या रहने अबस्थाका रहेकाले गाउँपार्टीको पहलमा खाद्यान्य सहयोग गरिएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।
पार्टीका जिल्ला सचिव कृष्ण नेपाली, नेता सुरेन्द्र थापा, बावुराम थापा, सम्झना देवकोटा, सुजन सिंखडा लगायतको उपस्थितीमा ४० बोरा चामल , १०० केजि दाल, ४० पोका तेल र ५० पोका नुन हस्तानान्तरण गरिएको थियो ।