Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

भाजपाका ९ जना कार्यकर्ताको हत्या


2.5K
Shares

भाजपाका ९ जना कार्यकर्ताको हत्या

एजेन्सी २१ बैशाख । भारतको पश्चिम बंगालमा विधानसभा निर्वाचनको परिणाम सार्वजनिक भएदेखि तृणमूल कांग्रेस र भारतीय जनता पार्टीका कार्यकर्ताबीच भिडन्तका खबर आइरहेका छन् । भाजपाले आफ्ना नौजना कार्यकर्तालाई तृणमूलले आक्रमणपछि हत्या गरेको दाबी गरेको छ । तृणमूलले पनि आफ्ना कार्यकर्ताहरूको हत्या गरिएको दाबी गरेको छ ।

भाजपा नेता कैलाश विजयवर्गीयले दुई महिलामाथि नराम्ररी आक्रमण गरिएको भिडियो सार्वजनिक गरेका छन् । तृणमूलका मुसलमान गुण्डाहरूले भाजपाका महिला कार्यकर्तामाथि केन्दामाडी गाउँमा कुटपिट गरेको उनको दाबी छ । ट्विटर प्रयोगकर्ताहरूले बंगालमा हिंसा मच्चिएको विषयमा ममता बनर्जी सरकारको कठोर आलोचना गरेका छन् ।

आइतवार मतपरिणाम सार्वजनिक भएदेखि नै हिंसा मच्चिएको हो । आरामबागमा रहेको भाजपा कार्यालयमा आगजनी गरिएको खबर आएको थियो । त्यसपछि पूर्वी वर्धमान, नन्दीग्राम, बशीरहाट, आसनसोल, हल्दिया र बेलघाटामा पनि कुटपिट र आगजनीका घटना भएका छन् ।यसैबीच भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डाले दुई दिने बंगाल भ्रमण गर्ने भएका छन् ।

उनले हिंसापीडित परिवारलाई पनि भेट्नेछन् । गृह मन्त्रालयले बंगालमा भइरहेको हिंसाका विषयमा राज्य सरकारसँग रिपोर्ट मागेको छ । हिंसाका विरुद्ध बुधवार देशभरि धर्ना दिने भाजपाको घोषणा छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology