Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

पौडी खेल्दै गर्दा डुवेर २८ बर्षका युवकको मृत्यु


2.8K
Shares

पौडी खेल्दै गर्दा डुवेर २८ बर्षका युवकको मृत्यु

झापा २१ बैशाख । झापामा पोडी खेल्ने क्रममा एकजनाको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका ८ डुडामारी का २८ वर्षीय जिवन थाम्सुहाङको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

हिजो साँझ शिवसताक्षी नगरपालिका १० स्थित माईखोलामा उनी साथीहरूसँग पौडी खेल्ने क्रममा माईखोलाको बाधबाट बगी बेपत्ता भएका थिए ।

थाम्सुहाङ बेपत्ता भएको खबर प्राप्त हुनसाथ ईलाका प्रहरी कार्यालय झिलझिले र अस्थाई प्रहरी पोष्ट माईधारबाट गएको प्रहरी टोलीले राती बगेको ठाँउबाट दक्षिण मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology