Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

बोर्लाङमा घर बाहिर ननिस्कन र स्वास्थ्य सुरक्षा अपाउन आग्रह गर्दै युवाहरुको माइकिङ


4.2K
Shares

बोर्लाङमा घर बाहिर ननिस्कन र स्वास्थ्य सुरक्षा अपाउन आग्रह गर्दै युवाहरुको माइकिङ

गोरखा १९, बैशाख । गोरखाको भीमसेन थापा गाउँपालिकाको बोर्लाङका स्थानीय युवाहरुले संक्रमण फैलदै गएको भन्दै अत्याबश्यक काम बाहेक घरबाहिर ननिस्कन आग्रह गर्दै माईकिङ गर्न सुरु गरेका छन् ।

स्थानीय युवाहरुले संक्रमण रोकथामका लागी नागरिकहरुलाई जनचेतना फैलाउन अभियान सुरु गरेका हुन् । उनिहरुले संक्रमण क्षेत्रमा जोखिम बढ्दै गएको भन्दै घरबाहिर ननिस्कन, निस्कनै परे अनिबार्य मास्क लगाउन, सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड अपाउन समेत आवहन गरिहेका छन् ।

त्यस्तै जिल्ला प्रसासन कार्यालयले लगाएको निषेधाज्ञाको पूर्ण पालना गर्न समेत युवाहरुले आव्हान गर्दै हिडेका छन् ।बोर्लाङको सिमलटार र क्यामुन्टार क्षेत्रमा कोरोना संक्रमण भयावह बन्दै गएपछि जिल्ला प्रसासन कार्यालयले बैशाख २४ गतेसम्मका लागि गाउँपालिकाको वडा नम्बर ७ र ८ मा पूर्ण रुपमा निषेधाज्ञा जारी गरेको छ ।

निषेधाज्ञा अबधीभरसम्म त्यहाँ अत्यावशेक बाहेका सवारी साधान सञ्चालन गर्न पाइने छैन भने घर खाद्यान्य औषधी र तरकारी बाहेका पसल, शिक्षणसंस्था, सरकारी कार्यालयहरु समेत पूर्ण रुपमा बन्द गर्न निर्देशन दिइएको छ । तस्विर : प्रितम श्रेष्ठ

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology