Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

लुम्बिनी प्रदेशका मूख्यमन्त्रीले दिए पदबाट राजिनामा


3.6K
Shares

लुम्बिनी प्रदेशका मूख्यमन्त्रीले दिए पदबाट राजिनामा

बुटवल १९, बैशाख । अबिश्वासको प्रस्तावमा छलफल अघि बढ्नै लागेका बेला लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिनुर्भएको छ। उहाँले आइतबार प्रदेश प्रमुख समक्ष पदबाट राजीनामा दिनुभएको हो । मुख्यमन्त्री पोखरेलले बिहान प्रदेश प्रमुख धर्मनाथ यादवलाई भेटेर राजीनामा दिएको प्रदेश प्रमुख कार्यालय स्रोतले जनाएको छ ।

मुख्यमन्त्री पोखरेलका विरुद्ध गत वैशाख ६ गते प्रदेश सभा सचिवालयमा नेपाली कांग्रेस, माओवादी र जसपाका ५ नेतासहित ४१ जनाले अविश्वास प्रस्ताव दर्ता गरेका थिए। भावी मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको सो प्रस्तावमा आइतबार सुरु हुने विशेष अधिवेशनमा छलफल प्रारम्भ हुँदै थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology