Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

पार्टी भित्रैबाट गुण्डा लगाएर कुटेपछि कांग्रेसका सभापति सहित ४४ जनाको सामुहिक राजीनामा


3.8K
Shares

पार्टी भित्रैबाट गुण्डा लगाएर कुटेपछि कांग्रेसका सभापति सहित ४४ जनाको सामुहिक राजीनामा

काठमाण्डौं १०, बैशाख । बर्दियामा काग्रेसका कार्यवाहक जिल्ला सभापति सहित ४४ जनाले सामुहिक राजीनामा दिएका छन् । गुण्डा लगाएर कार्यवहाक सभापति लगायतलाई हातपात गरेको भन्दै नेपाली कांग्रेस बर्दिया कार्यसमितिका ४४ जनाले सामुहिक राजीनामा दिएका हुन् ।

बर्दिया क्षेत्र नम्बर १ का पार्टी सभापति मुक्तिनाथ यादवले गुण्डा परिचालन गरी कार्यवहाक सभापति मिश्रीलाल यादव लगायतमाथि हातपात गर्नुका साथै कार्यालय बन्द गरेको भन्दै उहाँहरुले सामूहिक राजीनामा दिनुभएको हो ।

कांग्रेसको १४ औँ महाधिवेशन सम्पन्न गर्ने महत्त्वपूर्ण समयमा पार्टीका नेताहरूमाथि गुन्डा परिचालन गर्ने, हातपात तथा मान (सम्मानमा गम्भीर आँच आउने कार्य भएको हुँदा काम गर्न सक्ने अवस्था नरहेको सामूहिक राजीनामा पत्रमा जनाइएको छ ।

राजीनामा पत्रमा भनिएको छ, ‘यो विषम परिस्थितिमा पार्टी कार्यालयमा तालाबन्धदी गरी बाहिर गुण्डाहरु परिचालन गरेकाले हामी पार्टीमा काम गर्न असमर्थ रहेका छौँ, आ–आफ्नो पदबाट राजीनामा दिएका छौँ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology