Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

माओबादी केन्द्र निकट बिधार्थी सगठन गोरखाको जिल्ला इन्चार्जमा आरके भट्ट


5.2K
Shares

माओबादी केन्द्र निकट बिधार्थी सगठन गोरखाको जिल्ला इन्चार्जमा आरके भट्ट

गोरखा १०, बैशाख । अखिल नेपाल स्वतन्त्र राष्ट्रिय बिधार्थी यूनियन (क्रान्तिकारी) गोरखाको इन्चार्जमा आरके भट्टलाई जिम्मेवारी दिइएको छ । नेकपा माओबादी केन्द्र निकट बिधार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको बैठकले भट्टलाई गोरखा जिल्लाको इन्चार्ज तोकेको हो । लामो समयदेखि बिधार्थी संगठनमा रहेर कार्य गर्दै आएका बिधार्थी नेता भट्ट संगठनको केन्द्रीय सदस्य समेत हुनुहुन्छ ।

नागरिक सवाल डटकम संग कुराकानी गर्दै गोरखा नगरपालिका स्थायी घर भएका बिधार्थी नेता भट्टले जिल्ला भित्र संगठनको बिकास र बिस्तारका लागि आफूले प्राप्त गरेको जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।

‘संगठनको गौरवमय इतिहासको गरिमालाई थप उचो बनाउन मेरो भूमिकामा कुनै कसर बाँकी राख्ने छैन्’ इन्चार्ज भट्टले भन्नुभयो, बिधार्थीहरुको हकहितका लागि सधै अग्रमेर्चामा रहदै आएको हाम्रो संगठनलाई थप मजबुत बनाउन लाग्नेछु ।’ अनेरास्वबियु क्रान्तिकारीले गोरखा जिल्ला सहित ७७ वटै जिल्ला, सात वटै प्रदेश समेतको बिहिबार जिम्मेवारी ठोस गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology