Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

भतिजाले रिसको आवेगमा टोकेर खाइदिए काकाको कान


1.8K
Shares

भतिजाले रिसको आवेगमा टोकेर खाइदिए काकाको कान

सल्यान ८, बैशाख । सल्यानको कालीमाटी गाउँपालिका–१ हिङ्नाउरे गाउँपालिकामा आपसी बिबादमा झगडा हुदा भतिजाले रिसको आवेगमा काकाको कान नै खाइदिएका छन् ।  गएराती करिब ९ बजेतिर काका भतिजा बिच झगडा भएको ईलाका प्रहरी कार्यालय लुहामका प्रमुख प्रहरी निरीक्षक श्याम प्रकाश यादवले जानकारी दिनुभयो ।

सो क्रममा भतिजा खीमबहादुर कुँवरले काका ५६ वर्षीय काका धनबहादुर कुँवरको कान टोकेर पुरै छिनालेर खाइदिएको प्रहरी समक्ष बताएका छन् । ‘कान पुरै छिनेको अबस्था छ, उहाँले भन्नुभयो, ‘वरपर खोज्दा भेटिएन, भतिजालाई सोध्दा मैले खाइदिए भन्छ ।’

काका घनबहादुरको स्थानीय मेडिकलमा उपचार गरिएको प्रहरीको भनाई छ । प्रहरीका अनुसार काका धनबहादुरले केही वर्ष पहिले भतिजा खीमबहादुरका बुवाको कान टोकेर छिनालेको समेत खुल्न आएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology