Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

हल्लियो लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको कुर्सी (कसको कति छन् सांसद प्रदेशमा)


6.2K
Shares

हल्लियो लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको कुर्सी (कसको कति छन् सांसद प्रदेशमा)

रुपन्देही ६,बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल बिरुद्ध अबिस्वासको प्रस्ताव पेश भएको छ । नेकपा एमालेभित्रको शक्ति संघर्षका कारण लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलको कुर्सीपनि संकटमा परेको हो।

नेपाली कांग्रेस, नेकपा माओबादी केन्द्र र जसपा मिलेर मुख्यमन्त्री पोखरेलविरुद्ध अविस्वासको प्रस्ताव दर्ता भएको हो । जसपाले अविस्वासको प्रस्तावमा साथ दिने र नेकपाकै माधव नेपाल खेमाका सांसदले फ्लोर क्रस गर्ने सहमति पछि माओवादीको नेतृत्वमा अविस्वासको प्रस्ताव दर्ता भएको हो ।

माओवादी सांसद कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै पोखरेलविरुद्ध अविस्वासको प्रस्ताव दर्ता हुने भएको छ । ८७ सदस्यीय प्रदेशसभामा एमालेका ४१ सांसद छन् । कांग्रेसका १९, माओवादी केन्द्रका १७, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका एक सांसदले प्रदेशसभामा प्रतिनिधित्व गर्छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology