गोरखा ५, बैशाख । सहिद लखन गाउँपालिका वडा नम्बर ७ मा वडास्तरीय योग कम्युनिष्ट लिग (वाइसिल) शनिबार गठन भएको छ । नेकपा माओबादी केन्द्र निकट युवासंघ वाइसिएलको वडा स्तरीय सम्मेलनले सुरज तिवारीको अध्यक्षतामा २५ सदस्सीय कमिटी गठन गरेको छ ।
जसको उपाध्यक्ष राजकुमार मग्राती, सचिवमा रिना राना, सहसचिवमा कुसल उप्रेती, कोषाध्यक्षमा सुर्य गुरुङलाई चयन गरिएको आयोजकले जनाएको छ । वाईसिएलका केन्द्रीय सचिव तथा गण्डकी प्रदेशका इन्चार्ज बिनय थापा मगरको प्रमुख आतिथ्यता सम्मेलनको आयोजना गरिएको हो ।
कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष इन्दिरा तिवारी, वडापार्टीका इन्चार्ज इन्चार्ज राजन आले, वडापार्टी अध्यक्ष गणेश लम्साल, गाउपालिकाका वाईसियएल इन्चार्ज बिनय थापा मगर लगायतको सहभागिता रहेको थियो ।